Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


चीनको चेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिने


0
Shares

काठमाडौं, मंसिर २७ । आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै होटल संघ नेपालले चीनको चेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम गर्ने भएको छ ।

संघले चेन्दुमा यही डिसेम्बर १६ देखि २० सम्म नेपाल प्रवर्द्धन कार्यक्रम गर्ने भएको हो ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यमा सघाउ पुर्‍याउन नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्यमा संघले उक्त कार्यक्रम गर्न लागेको जनाएको हो ।

हालै नेपाल भ्रमण गरेका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपश्चात् चिनियाँ पर्यटकहरुको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुने र यस कार्यक्रमबाट अझ यसलाई व्यापक बनाउन सकिने हेतु त्यहाँका प्रतिष्ठित ट्राभल तथा टूर अपरेटरहरुसँग नेपाली होटलहरुको ‘बीटूबी मिटिङ’ तथा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिने संघले जनाएको छ ।

Skip This