काठमाडौं, मंसिर २७ । सिंगापुर र भारतमा लोकप्रिय रहेको दाबी गरिएको ‘भिबोन’ ब्रान्डको कुर्सी नेपालमा पनि भित्रिएको छ ।
आधिकारिक बिक्रेता हलेसी डेकोरले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी उत्पादनको बजार प्रवेश गराएको हो ।
यो ब्रान्डका कुर्सी आरामदायी र आकर्षक डिजाइनमा उपलब्ध रहेको डेकोरले जनाएको छ ।
घर तथा अफिस र अन्य प्रयोजनका लागिसमेत उत्कृष्ट दाबी गरिएका यी कुर्सीहरुको बजार मूल्य १२ हजारदेखि ५० हजार रुपैयाँसम्म रहेको छ ।
यी कुर्सीहरु छिट्टै नै ग्राहकको रोजाइमा पर्ने डेकोरका सन्चालक हेमराज कार्कीले विश्वास व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्