काठमाडौं, मंसिर २७ । शुक्रबार सुनको मूल्यमा पुनः कमी आयो ।
अन्तराष्ट्रि बजार पच्छयाउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले कमी आइ तोलाको ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य तोलामा ४०० ले बढेर तोलाको ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने तोलाको ८४० रुपैयाँमा स्थीर रहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १४ सय ७४ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।




प्रतिक्रिया दिनुहोस्