 
	    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी एकताको लागि आफुलाई तेस्रो धार बताउने नेताहरु पनि आजको बैठकमा सहभागि हुने बताईएको छ । बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो एमाले तेस्रो धारका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गरेपछि आज स्थायी कमिटिको बैठक डाकिएको हो ।
एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) गठन गर्नु भएका नेता नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरुसँग बालकोटमा भएको छलफलपछि ओली पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार हुनुभएको हो ।
एमाले विभाजन हुनु अघि एकताका लागि आधार तयार गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति जुटाएको थियो । त्यही सहमति कार्यान्वयनमा लैजान ओली तयार भएपछि नेपालको साथ छोडेका नेताहरु संस्थापनमा फर्कन तयार देखिएका हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्