
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पार्टीको १४औं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने निश्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा धेरै आकंक्षीमध्ये इतर पक्षबाट साझा उम्मेद्वार उठाउने समेत तयारी गरेको छ ।
बैठकमा सभापतिको आकांक्षी हेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थित थिए ।
बैठकमा सरकार सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल भएको छ । शक्ति सन्तुलन मिलाएर मन्त्रालय बाँडफाँड गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने र सो कामको जिम्मा रामचन्द्र पौडेललाई दिइएको छ । क्रियाशील सदस्यतामा संस्थापन पक्षले धाँधली गरेकोमा चनाखो हुनुपर्ने बैठकको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्