Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


डडेल्धुराका किसान आलु खेतीतर्फ आकर्षित


0
Shares

डडेल्धुरा, मंसिर २६ । डडेल्धुराका किसान पछिल्लो समय परम्परागत खेती छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाइले आलुखेतीका लागि उन्नत जातको बिउ, मल तथा प्रविधिमा हाते ट्रेक्टर जस्ता यन्त्र उपकरण र प्राविधिक तथा परामर्श सहयोग प्रदान गरेको छ ।

जिल्लामा आलु सुपर जोन लागु भएपछि कार्यालयले लिएको लक्ष्यभन्दा बढी क्षेत्रका कृषकहरु आलु खेतीमा आकर्षित भएका हुन ।

हिउँदे मौसममा गहुँ खेती गर्दै आएका किसानहरु परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै व्यवसायिक आलु खेतीमा लागेको अमरगढी नगरपालिका वडा नंं ११ फिन्नेकोटका कृषक पदमा देवी बोहराको भनाइ छ ।

व्यवसायिक आलुखेतीको सुरुवात गरेपछि पछिल्लो वर्ष दुई मौैसममा ७५ हेक्टरमा गरिएको आलु खेती यस वर्ष हिउँदे खेतीमा मात्र ६५ हेक्टर क्षेत्रफल बिस्तार भएको परियोजना कार्यान्वयन इकाई कार्यालय डडेल्धुराले जनाएको छ ।