काठमाडौं, मंसिर २४ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तको सिफारिस प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन दर्ता भएको छ ।
मंगलबार अधिवक्ता विष्णु लुइँटेलले सिफारिस र नियुक्ति बदर गर्न माग गर्दै रिट निवेदन दायर गरेका हुन् ।
उपसभामुख शिवमाया तुम्बाहाङफेको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा डा. महेन्द्रमान गुरुङ र आयुक्तहरुमा कमला ओली तथा दीपक मैनालीको नाम सिफारिस गरेको थियो ।
संविधानअनुसार सूचना आयोगका पदाधिकारीको सिफारिस सभामुखको अध्यक्षतामा रहेको समितिले गर्दछ ।
तर, सभामुख नभएको अवस्थामा उपसभामुखले नै सभामुखको अधिकार प्रयोग गरेर सिफारिस समितिको बैठक राखेकाले योे अधिकार उपसभामुखमा नरहेको भन्दै रिट दायर गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्