Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


भद्रकालीमाई धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास हुँदै


0
Shares

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाअन्तर्गत बर्दिबास–सिन्धुली–बनेपा सडकको ढुङग्रेभन्ज्याङमा रहेको भद्रकालीमाई पछिल्लो समयमा धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास हुँदै गएको छ ।

जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट १६ किलो मिटर उतर पश्चिममा पर्ने पुरानो भद्रकालीमाई प्राचिन शक्तिपीठ मानिन्छ ।

नेपालको मध्यपूर्वी क्षेत्रको प्रशिद्ध तथा पवित्र धार्मिक तीर्थस्थल भद्रकालीमाईको शुद्ध भइ चोखो मनले दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रही आएकाले यसको महिमा बढेको हो ।

करिव १ हजार ३० वर्ष पहिले स्थापना भद्रकालीमाई ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ । पछिल्लो समय यहाँ वनभोज जानेहरु समेत बढेका छन् ।