Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


अभिभावकहरुले आफ्नो आचारसंहिता आफै बनाए


0
Shares

रुकुम । रुकुम पश्चिमका एक विद्यालयका अभिभावकहरुले आफ्नो आचारसंहिता आफै बनाएका छन् ।

रुकुम पश्चिमको आठबिसकोट १४ मा रहेको जनविकास माध्यामिक विद्यालयका अभिभावकहरुले आचारसंहिता बनाई लागू गरेका छन् ।

आफ्ना छोराछोरीको पढाइमा आमा बुवाको पनि ठूलो भूमिका हुने भन्दै यस्तो आचारसंहिता बनाएका हुन् ।

आफ्ना छोराछोरीको पढाइका निम्ति राम्रो वातावरण बनाइदिने, आवश्यक शैक्षिक सामाग्री किनिदिने, नियमित स्कुल पठाइदिने, घरमा पढे नपढेको हेर्ने, समय समयमा स्कुलमा आएर छोराछोरीको पढाइबारे सोधपुछ गर्नेलगायतका दर्जन बढी आचारसंहितामा समेटेका छन् ।

अभिभावकको यस्तो कार्यले विद्यार्थीहरुको पढाइमा सुधार आउने अपेक्षा भएको प्रधानाध्यापक सङगम थापाले बताए । 

Skip This