४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


मुस्ताङमा स्याउ बेचेर किसानहरुले भित्र्याए ६० करोड रुपैंयाँ


0
Shares

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष स्याउ बेचेर किसानहरुले ६० करोड रकम जिल्ला भित्र्याएका छन् ।

स्याउको राजधानी मानिने मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको र त्यसबाट साठी करोडभन्दा बढी रकम जिल्ला भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए ।

यस वर्ष जिल्लाभर एक हजार ५ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो । मुस्ताङमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि समेत भएको बताइएको छ ।

खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष दश प्रतिशतले उत्पादन बढेको हो । अधिकांश कृषकले बगैंचा नै ठेक्कामा बिक्री गरेका थिए ।

मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ र मुक्तिनाथमा व्यावसायिक स्याउ खेति गरिएको थियो ।

मुस्ताङमा गोल्डेन, रोयल, रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती हुने गरेको छ ।

स्याउ बिक्रीबाट यहाँका कृषकले एक लाखदेखि तीन करोडसम्म आम्दानी गरेका छन् ।