२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


कति सामान्य राजाको घरबार…


13
Shares

ग्रीष्मा राजभण्डारी

काठमाडौं । श्रीनिवास पुर्वराजा बीरेन्द्रको बासस्थान हो । यहाँका हरेक सामग्रीले इतिहास बोलेको भान हुन्छ । नेताहरु विलासी बनेको टिप्पणी भइरहँदा राजपरिवारको यो साद्गी जीवनले धेरैको ध्यान खिचेको छ । श्रीसदनमा प्रवेश गर्ने बितिकै केही सजावट देखिएपनि कोठा सामान्य छ । र।जा बीरेन्द्र र रानी ऐश्वर्यको यो सयन कक्ष । राजारानीले प्रयोग गर्ने बाथरुम, निजी कार्यालय र उहाँहरुले पालेको कुकुर झुल्ने झुलाले राजपरिवार सम्झाउँछ ।

अनौठो त के भने दरबारकाण्डको केही समयमा नै राजाले माया गरेर पालेको कुकुर म¥यो । अब लागौं पूर्व अधिराजकुमार निराजनको सयन कक्षतिर । यो सानो आकारको खाटमा अधिराजकुमार सुत्थे भन्दा अनौठो लाग्न सक्छ । अधिराजकुमार निराजन जिम गर्ने थलो कति सामान्य छ भन्ने तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ ।

यो पूर्वअधिराजकुमारी श्रुतीको यो बेडरुम हो । उहाँले यही फलामको ह्यांगरमा लुगा सुकाउनुहुन्थ्यो ।

सुत्ने त यस्तो अनि राजामहाराजा कस्तो ठाउँमा बसेर खान्थे त ? हो म तपाईंलाई राजपरिवारको भान्छा कोठा लैजान्छु । यो डाइनिङ हल । राजा बीरेन्द्रको लागि खाना बनाउन प्रयोग गरिएको पितलको कसौडी । भान्छा कोठा संगैको बार सेक्सन जहाँ अझै पनि मदिराका बोतल र ग्लास जस्ताको तस्तै राखिएका छन् । राजा महाराजाले आफना सुसारेहरुलाई बोलाउनु परेको खण्डमा पछाडि भागमा रहेको यही घण्टी बजाउने चलन थियो । यो फोटो एल्बम, जसले राजपरिवारको इतिहासलाई जीवन्त राख्न मद्दत गरेको छ ।

अरु त अरु वर्तमान राष्ट्रपति विद्या भण्डारी समेत संग्रहालय पुगेर यहाँका बस्तुस्थितिको रुचिपूर्वक अवलोकन गर्नुभयो । त्यसैले देशकै ऐतिहासिक गाथा बोकेको यो सम्पदाको संरक्षण, संवद्र्धनमा सवैको हातेमालो आवश्यक छ ।