सिन्धुपाल्चोक । सिन्धुपाल्चोक चौतारामा रहेको जिल्ला कारागारको कर्मचारी बस्ने आवासमा आगलागी भएको छ ।
आइतबार साँझ ५ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको होे ।
आगलागीबाट १५ लाख बराबरको क्षति भएको तथा विवरण संकलनको कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
स्थानिय र प्रहरीको सक्रियतामा तत्काल आगो नियन्त्रणमा आएकाले ठुलो क्षति हुनबाट जोगिएको छ ।
आगलागीबाट प्री फ्याप भवनमा क्षती पुग्नाका साथै कर्मचारीले आवासमा प्रयोग गर्ने सामाग्री जलेका छन् ।
ग्यास लगायत तत्काल आगो सल्किने सामाग्रीहरु धेरै रहेका कारण आगो क्षणभरमै फैलिएको थियो ।









प्रतिक्रिया दिनुहोस्