Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


लोककल्याणकारी विज्ञापनको अनुगमन तथा भुक्तानी जिल्ला हुलाक कार्यालयमार्फत गर्ने बोर्डको निर्णय


0
Shares

काठमाडौं, साउन २९ । विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशन र प्रसारणको अनुगमन तथा भुक्तानी सम्वन्धी सम्पूर्ण कार्य जिल्ला हुलाक कार्यालयमार्फत गर्ने निर्णय गरेको छ ।

बोर्डले साउन १५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

बोर्डले विद्युत तथा छापा माध्यम प्रकाशन र प्रसारण हुने लोककल्याणकारी विज्ञापन सम्वन्धी छुट्टा छुट्टै मापदण्ड समेत स्वकुत गरेको छ । मापदण्ड कार्यान्वयनका सन्दर्भमा शुक्रबार जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुखहरुसँग छलफल गरेको छ ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले छापा तथा विद्युतिय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण हुने लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणको अनुगमन तथा भुक्तानी जिल्ला हुलाक कार्यालयबाट हुने बताउनुभएको छ ।