
काठमाडौं । दक्षिण एसियामा पहिलो स्काई वाक टावर काठमाडौंमा बन्ने भएको छ ।
वन्डर्स नेपाल प्रा.लिले काठमाडौंमा कमलादीमा निर्माण गर्न लागेको उक्त स्काइ वाक टावरको शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलन्यास गरे ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्काइ वाक टावरले राष्ट्रिय आकांक्षा पुरा गर्न सहयोग पुग्ने बताए ।
उपप्रधानमन्त्री पोखरेलले पर्यटन भ्रमण वर्ष तथा पर्यटनको क्षेत्रमा ठुलो टेवा पुग्न सक्ने समेत बताए ।
प्राकृतिक स्रोत मात्रै नभई मानव निर्मित वस्तुहरुले पनि पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । सरकारले विभिन्न मूर्छित सपना पुरा गर्न लागेको मन्त्री पोखरेलको दाबी छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले गुणस्तरीय पर्यटनको विकासको लागी मानवनिर्मित वस्तुहरुले आकर्षण गर्ने भएकोले यस्ता गन्तव्यले नेपालप्रतिको धारण परिवर्तन गर्ने बताए । नेपाललाई विश्वमै चिनाउनको लागी यस्ता गन्तव्यले सहयोग गर्ने मन्त्री भट्टराईको भनाई छ ।
१८ महिनामा सक्ने लक्ष्य लिइएको उक्त टावर ७९ मिटर अग्लो बन्ने कार्यक्रम व्यवस्थापन निर्देशक संन्जिव रोकाहाले जानकारी दिए ।
काठमाडौंको कमलादीमा बन्न लागेको टावर दुई अर्ब लगानीमा बन्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्