काभ्रे, मंसिर २१ । कांकडभिट्रटा बाट काठमाण्डौ आउदै गरेको ना.६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ९ बजे विपि राजमार्ग अन्र्तगत धुलीखेल न.पा. वडा ११ तिरतिरे धारा भन्ने ठाँउमा यात्रु खसेका हुन ।
झापा जिल्ला तोपगाछी ७ बस्ने ४७ वर्षीय खड्ग नारायण श्रेष्ठ गम्भिर घाइते भई उपचारका लागी धुलिखेल हस्पिटल ल्याउने क्रममा श्रेष्ठको मृत्यु भएको हो ।
उक्त बसका चालकलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा राखीएको छ ।









प्रतिक्रिया दिनुहोस्