
काठमाडौं, मंसिर २० । जलविद्युत् क्षेत्रका विज्ञहरुले नेपालजस्तो भौगोलिक बनावट भएको मुलुकमा जलविद्युत्को विकासका लागि बाँध र टनेल महत्वपूर्ण रहेको बताएका छन् ।
शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसनले आयोजना गरेको पूर्वाधार विकास बहस कार्यक्रममा विज्ञहरुले बहुउद्देश्यीय आयोजनाहरुमा बाँध र टनेलको आधुनिक किसिमले विकास गर्नसके पूर्वाधारसँगै आर्थिक समृद्धिमासमेत योगदान पुग्ने बताएका हुन् ।
नेपालमा अधिकांश जलविद्युत् आयोजनाहरु नदी प्रवाहमा आधारित रहेकाले यस्ता परियोजनालाई बहुउद्देश्यीयरुपमा विकास गर्नका लागि पनि बाँध र टनेल महत्वपूर्ण रहेको इन्जिनियर दीपककुमार विश्वकर्मा बताउँछन् ।
ठूला परियोजनाहरुमा बाँधस्थल तथा टनेलको विकास गर्नसकेमा त्यस्ता परियोजनाबाट अन्य आयोजनाहरुको पनि विकास गर्न सकिनेमा विज्ञहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस्