४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


‘श्रम ऐन कार्यान्वयनका लागि त्रिपक्षीय सहयोग र सहकार्य आवश्यक’


0
Shares

काठमाडौं, मंसिर १९ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि सरकार, रोजगारदाता र श्रमिक सबै जिम्मेवार हुनुपर्नेमा ट्रेड युनियनका अभियन्ताहरुले जोड दिएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तर्राष्ट्रिय श्रम संस्थाले राजधानीमा आयोजना गरेको गोष्ठीका सहभागीहरुले योजना कार्यान्वयन नै अहिले चुनौतीपूर्ण भएकाले एकार्कामा आरोप र आशंका गर्नुभन्दा पनि त्रिपक्षीय सम्बन्धलाई मजबुत् बनाएर जिम्मेवार हुनसक्नुपर्ने बताए ।

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले योजना कार्यान्वयनमा सरकार चुकेको भन्दै अब सबैको सक्रिय सहभागिताका लागि आग्रह गरे ।

जापान अन्तर्राष्ट्रिय श्रम संस्थाका महासचिव रायो साइटोले श्रम ऐन कार्यान्वयनका लागि त्रिपक्षीय सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

गोष्ठीमा ट्रेड युनियन कांग्रेस वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव, सहमहासचिव गणेशबहादुर केसी र सामाजिक सुरक्षा कोषका निर्देशक कपिलमणि ज्ञवालीले श्रम तथा औद्योगिक सम्बन्ध, सामाजिक बहस र सामाजिक सुरक्षा योजना विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बुधबारदेखि सुरु गोष्ठी बिहीबार सकिएको हो ।