
प्रकाश लम्साल
बारा । बाराको जितपुर सिमरा उपमहानगरले फोहोर ब्यवस्थापनको जिम्मा लिएको एक कम्पनीलाई दुई बर्ष देखि लाखौ रकम सम्झौता अनुरूपनै भुक्तानी दिने गरेको खुलासा भएको छ ।
नगरप्रमुख कृष्ण पौडेलको आफन्त पर्ने भएकै कारण ग्रिन एण्ड क्लिन सिटी प्रालिका संचालक नबराज खतिवडालाई फोहोर ब्यवस्थापन गरेको भन्दै बर्षेनी लाखौ रकम दिने गरेको हो ।
फोहोर ब्यवस्थापन स्थलको टुङ्गो नलाग्दै दुई बर्ष अघि पाँच बर्षको सम्झौता गरी फोहोर ब्यवस्थापनको जिम्मा प्रमुख पौडेलले आफन्त खतिवडाको कम्पनीलाई जिम्मा दिएको थियो ।
प्रमुख पौडेलको तीन नातेदार उपमहानगरकै कर्मचारी, एनजिओ संचालक र नातेदार कम्पनी संचालक खतिबडाको साँठगाँठमा कम्पनीलाई गोप्य सम्झौता गराई कामै नगरी भुक्तान लैजान कम्पनी सफल भएको हो ।
सम्झौता गरेको २ बर्ष नपुग्दै कम्पनीले फोहर संकलन गर्न छाडेपछि नगरबासीको दबाब बढदा उल्टै ठेक्का लिने कम्पनीको पक्षमा उपमहानगरबाट वकालत गरेको पाइए पछि मिलोमतोको आरोप पुष्टि भएको हो ।
प्रत्येक ब्यबसायीसंग दुई सय रुपैयाँ प्रति महीना शुल्क उठाउने गरेको उपमहानगरको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, पथलैया, औराहा, डुमरवाना, अमलेखगञ्ज बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ ।
महिनौंसम्म फोहोर नउठेकै कारण होटल पर्यटन ब्याबसायनै दुर्गन्धले चौपट बनाउदै गएको होटल तथा पर्यटन ब्याबसायी संघका अध्यक्ष मोहन शर्माले बताउनुभयो ।
कम्पनीका संचालक नवराज खतिवडाले भने उपमहानगरले फोहर राख्ने जग्गाको टुंगो नलगाए सम्म फोहोर व्यवस्थापन तत्काल गर्न नसकिने बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्