४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


खरिद नियमावली संशोधनका लागि सरकारसँग छलफल जारी : महासंघ


0
Shares

काठमाडौं, मंसिर १८ । सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमा असहमति जनाइ पुनः संशोधनको माग राख्दै आन्दोलन जारी राखेका निर्माण व्यवसायीले यसका लागि सरकारसँग छलफल भइरहेको जनाएका छन् ।

महासंघको आह्वानमा भइरहेको आन्दोलका कार्यक्रम हाल स्थगित अवस्थामा रहेको छ ।

महासंघले यही मंसिर २० गते गर्न लागेको ‘रिद्धिसिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड २०७६’ बारे जानकारी दिन महासंघले बुधबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले उक्त जानकारी दिएका हुन् ।

सरकारको ध्यानाकर्षण गराइसकिएको र ताल्लुक मन्त्रालयसँग छलफल भइरहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिलाई ध्यान दिएर धर्नाका कार्यक्रम भने हाललाई नगरिएको सिंहले बताए ।

महासंघले पेसागत क्षमता अभिवृद्धि गरी निर्माण व्यवसायीलाई उत्प्रेरित गर्ने उद्देश्यले यस्तो अवार्ड आयोजना गर्दै आएको छ ।

यसपटक विभिन्न ३६ फरक विधामा अवार्ड प्रदान गरिने महासंघले जनाएको छ ।