
काठमाडौं, मंसिर १८ । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
अन्तर्राष्ट्रिय बजारलाई पच्छयाउँदै बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भइ तोलाको ७२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य मंगलबार तोलाको ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउमा पनि वृद्धि भयो । चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको ८६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंन्स १४ सय ८६ डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्