Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


संरक्षणको अभावमा पाँचथरबाट बहुमूल्य जडिबुटी चोरी


0
Shares

पाँचथर, मंसिर १८ । तीनतिम्बुका स्थानीयले गाउँघरमा पाइने जडिबुटी प्रयोग गरेर विभिन्न प्रकारका रोगहरुको उपचार गर्दै आएका छन् ।

तर संरक्षण नहुँदा र खुल्ला सीमाका कारण अहिले जडिबुटी अवैध रुपमा चोरी निकासी हुन थालेको छ । जडिबुटी खानीको रुपमा परिचित तीनतिम्बु क्षेत्र संरक्षण नहुँदा चोरी निकासी हुने गरेको स्थानीय बताउँछन् । 

तीनतिम्बुमा दुई सयभन्दा बढी प्रजातीका जडिबुटीहरु पाइन्छन् भने पर्याप्त मात्रामा दुर्लभ वन्यजन्तु रहेका छन् । बस्तीभन्दा धेरै टाढा पर्ने भएकाले यो क्षेत्र सधै मानवरहित हुने गर्छ ।

यहाँ पदमचाल, बिखुमा, पाखनबेद, कुड्की, खोकिम लगायतका दुईसय जडिबुटी पाइन्छन् ।

करिव दुईसय पचास मिटर दुरीसम्मको सन्दकपुर, चारराते, तिनसमिाना, चिवाभन्ञ्याङ, कन्चनजंङ्गा बेशक्याम्पसम्मको उच्च भेगमा पाइने जडिबुटीहरुको रेखदेख हुन नसकेको हो ।