Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा नलगाउन डब्लुएचओको आग्रह


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रियेससले कोरोनाको पूर्ण मात्रा खोप लगाएकाहरुलाई बुस्टर मात्रा तत्काल नलगाउन आग्रह गर्नुभएको छ ।

इजरायल, जर्मनीसहित केही देशले खोपको पूर्ण मात्रा लगाएका आफ्ना नागरिकलाई बुस्टर मात्रा भन्दै तेस्रो डोज दिने योजना सार्वजनिक गरेका बेला महानिर्देशक गेब्रियससले आउँदो सेप्टेम्बरको अन्त्यसम्ममा बुस्टर मात्राको योजनालाई रोक्दा विश्वका अरु देशमा कम्तीमा १० प्रतिशत मानिसले कोरोना भाइरस विरुद्धको खोप लगाउन पाउने बताउनु भएको हो ।

विश्वका गरिब देशहरुमा अहिले पनि खोपको अभाव रहेकाले धनी देशहरुले तेस्रो मात्रा खोप दिने योजना सान्दर्भिक नहुने डब्लुएचओको भनाइ छ ।

Skip This