Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


अपाङ्गता भएका व्यक्तिका लागि नियमावली ल्याइने


0
Shares

काठमाडौं, मंसिर १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी नियमावली चाँडै ल्याइने बताए ।

“अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधाबाट वञ्चित हुन नदिन चाँडै नियमावली ल्याउने तयारी भइरहेको छ, त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोगको जरुरी छ”,

मन्त्री गुरुङले भने, “मन्त्रालयले पहिलोपटक राष्ट्रिय प्रतिवेदन निकाल्ने तयारी गरिरहेको छ, हालसम्म अपाङ्गता भएका व्यक्तिको राष्ट्रियस्तरको छुट्टै प्रतिवेदन बन्न सकेको छैन ।”

राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिको २८ औँ अन्तर्राष्ट्रिय दिवसका अवसर मंगलबार आयोजित कार्यक्रममा उनले अपाङ्गतासम्बन्धी नीति तथा कानूनलाई समावेशी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सरकार तयार रहेको स्पष्ट पारे ।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले अपाङ्गता भएका व्यक्तिको उत्थानमा लागि पर्न सरोकारवाला सबै पक्षसँग आग्रह गरेका थिए । रासस  

 

Skip This