३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


अपाङ्गता भएका विद्याथीहरु सम्मानीत


0
Shares

काठमाडौं, मंसिर १७ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गता भएका व्यक्तिहरुका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरुको २८ औँ अन्तर्राष्ट्रिय दिवसकै अवसरमा राष्ट्रिय अपाङ्ग कोषले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले यस बर्षको एसईईमा उत्कृष्ट हुने अपाङ्गता भएका विद्याथीहरुलाई सम्मान गरे ।

त्यस क्रममा अपाङ्गता भएका व्यक्तिहरुले मन्त्री गुरुङलाई सल्लाह र सुझाव दिएका थिए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिले सांस्कृतिक प्रस्तुती दिएका थिए । कार्य्रक्रममा बिभिन्न क्षेत्रमा आवद्ध ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।