४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


सुख्खा बन्दरगाह र सडक अवलोकन गर्न तिब्बत जनसरकार अध्यक्ष रसुवामा


0
Shares

रसुवा, मंसिर १७ । चीन सरकारबाट आर्थिक सहयोगमा निमार्णाधीन तथा निमार्ण सम्पन्न गरिएका आयोजनाहरुको चीनको स्वशासित क्षेत्र तिब्बतका जनसरकार अध्यक्ष हिस् एक्सिलेन्सी क्वी जालालगायतको टोलीले अवलोकन गरेका छन् ।

टोलीले चिनियाँ लगानीद्वारा निर्माणाधीन रसुवाको गोसाँइकुण्ड गाँउपालिका दुई टिमुरेस्थित सुख्खा बन्दरगाह, स्याफ्रुवेशी रसुवागढीसम्मको सडकको कार्य प्रगति अवलोकन गर्नुका साथै निर्माण भइसकेका स्याफ्रुवेशीस्थित स्यामेवाङफेल माध्यामिक विद्यालयको पुस्तकालय र साइन्स ल्याव भवनको अवलोकन गरेका हुन् ।

चिनियाँ राष्ट्रपतिको दुई दिने नेपाल भ्रमणका समयमा भएका दुई पक्षिय समझदारी अनुसारका कामको प्रगति तथा केरुङ हुँदै पोखरासम्मको रेल मार्गको अध्ययन अवलोकन गर्नका लागि टोली नेपाल आएको हो ।