काठमाडौं, मंसिर १७ । आज २८ औं अन्तर्राष्ट्रिय अपाङ्ता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
अपाङ्गता दिवसको अवसरमा काठमाडौमा प्रभातफेरी निकालिएको छ । दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविश्य भन्ने नाराकासाथ निकालिएको प्रभातफेरी सुनधारा, न्युरोड, रत्नर्पाक हुँदै भृकुटीमण्डप पुगेको थियो ।
उनीहरुले अपाङ्गमैत्री संरचनामा जोड दिए । सबै स्थानीय तहमा स्थानीय अपाङ्गता समन्वय समिति गठन गरिनु पर्ने, अपाङ्गताका सवालहरुलाई राज्यका हरेका निकायमा समावेश गरिनु पर्ने, शिक्षा, स्वास्थयको क्षेत्रमा विशेष व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।
अहिले पनि अपाङ्गता भएका व्यक्तिहरु राज्यबाट प्रताडित हुनु परेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।
प्रभातफेरीमा राष्टिय बहिरा महासंघ नेपाल, श्रवणदृष्टि विहिन अभिभावक समाजलगायतका संघ, संस्थाको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्