४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


नेप्से १ अंक बराबरले ऋणात्मक रहँदा २३ करोडको कारोबार


0
Shares

काठमाडौं, मंसिर १६ । सोमबार पनि सेयरबजार स्थीरजसो रहन गयो ।

नेप्से १ अंक बराबरले ऋणात्मक रहँदा २३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ०.८६ अंकले ऋणात्मक रही ११ सय ११.९९ कायम भएर थामियो ।

व्यापार समूह दोहोरो अंकले उकालो लाग्ने अनि जलविद्युत् र वाणिज्य बैंक समूह नगन्य अंकले सकारात्मक रहेबाहेक अरु समूह ओरालो लागे । जीवनबिमा समह सबैभन्दा उच्च ६४ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीका ८ लाख २६ हजार कित्ता सेयर सवा २३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।