Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु


0
Shares

चितवन, मंसिर १६ ।  भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४.५५ बजे मृत्यु भएको हो ।

ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस