
काठमाडौं । वैदेशिक रोजगार विभागले अनलाइन ई–स्टिकर र म्यासेजिङ प्रणालीको सुरुवात गरेको छ ।
वैदेशिक रोजगारीमा जानेहरुलाई कार्यालयबाट लिनुपर्ने काम सहज बनाउने उद्देश्यले विभागले आईतबारबाट सातवटै प्रदेशका विभिन्न कार्यलयहरुमा अनलाईन टोकन प्रणालीको सुरुवात गरेको हो ।
विभागले गरेको यस व्यवस्था अनुसार वैदेशिक रोजगार कार्यालयमा जानु अगाडी नै सेवाग्राहीले अनलाईन मार्फत विवरण भरेर समय लिन सक्ने छन् ।
वेबसाइटबाट नै सेवाग्राहीले श्रम स्वीकृती लगायतका सेवा प्राप्त गर्न आफ्नो अनुकुल समय र स्थान रोज्न सक्ने विभागका महानिर्देशक भिष्म कुमार भुसालले बताए ।
यसबाट कार्यालयमा हुने भिडभाड कम हुुनुका साथै सेवाग्राहीलाई पनि सहज हुने महानिर्देशक भुसालको भनाई छ ।
यसबाट एकै दिनमा श्रम स्विकृती पाउने र उनिहरुको मोबाईलमा भेरिफाईड सन्देश समेत पठाइएने भएकोले सेवाग्राहीलाई थप सहज हुने वैदेशिक रोजगार कार्यलयका निर्देशक सुरेश जोशीले बताए ।
काठमाडौंस्थित कार्यालयले यस अघि नै टोकन प्रणालीको सुरुवात गरेको भएपनि अब भने प्रदेशस्तरमा पनि शुरुवात गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्