३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


शेयर बजार स्थीर, २० करोड ६३ लाख बराबरमा किनबेच


0
Shares

काठमाडौं । साताको शुरुको दिन आइतबार शेयर बजार स्थीर जसो रह्यो

उतार चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले मात्र हरियो रहेर ११ सय १२ दशमलब आठ पाँच कायम भएर थामियो । यस दिन आधा समूह हरियो रहे भने आधा रातो ।

जीवन बीमा, अन्य, वित्त, उत्पादनमूलक, होटल र जलविद्युत समूह सकारात्मक रहे । जीवन बीमा समूहमा १ सय २९ अंकको बृद्धि आए पनि अरु सामान्य अंकले हरियो रहेका हुन् ।

निर्जीबन बीमा, व्यापार, विकास बैंक, लघुवित्त, वाणिज्य बैंक र सामुहिक लगानी कोष ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीको ६ लाख ७५ हजार कित्ता शेयर २० करोड ६३ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।