Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


पूर्व राजा ज्ञानेन्द्र जिल्ला भ्रमणमा


0
Shares

काठमाडौं, मंसिर १५ । पूर्व राजा ज्ञानेन्द्र शाह आजदेखि साताव्यापी जिल्ला भ्रमणमा जाँदैछन् ।

सोही क्रममा उनी आज दिउँसो भैरहवा जाने कार्यक्रम रहेको छ । विभिन्न मन्दिरहरुको दर्शन र पूजाका लागि तय गरिएको भ्रमणमा क्रममा उनले भोली बुटवलको शिव मन्दिरको दर्शन गर्नुका साथै पूजा गर्नेछन् ।

आगामी मंगलबार उनले भैरहवाकै मर्चवार भगवती मन्दिरमा पूजा गर्ने बताइएको छ ।

पूर्व राजा शाह मंसिर १९ गते पाल्पा पुगेर पाल्पाको भगवती मन्दिरको पूजा गर्ने र २० गते कपिलवस्तुको गोरुसिंहेमा रहेको पशुपति मन्दिरमा पूजा गर्ने कार्यक्रम छ ।

यही मंसिर २१ गते नवलपरासीको भगवती मन्दिरको पूजा गरी उनी २२ गते काठमाडौं फर्कर्नेछन् ।