
सर्लाही, मंसिर १५ । सर्लाहीका बजारमा बोकाको मूल्य दोब्बरले बढेको छ ।
यो महिनामा गढिमाई र कुल पूजामा बली धेरै दिइने भएकाले बोका महँगिएको व्यापारीले बताएका छन् । अरु बेला चार÷पाँच हजारमा पाइने बोका अहिले १० हजार भन्दा बढीमा किनबेच भइरहेको लालबन्दीस्थित खसीबोका बजारका ठेकेदार विजय गोलेले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय बजारमा बोकाको अत्यधिक व्यापार भइरहेको छ । बोकाको राम्रो मूल्य पाएपछि बाख्रापालक किसान खुशी भएका छन् ।
जिल्लाको लालबन्दी, हरिवन, बरहथवा, बयलवास, सोल्टीजस्ता खसीबोकाको व्यापार हुने बजारमा अहिले बोकाको अत्याधिक माग भइरहेको छ ।
मूल्य बढेपनि बली चढाउनका लागि बोकाको माग धेरै आइरहेको खसीबोका व्यापारी सन्त लामाले बताए ।
राम्रो मूल्य पाएपछि व्यावसायिक रुपमा बाख्रापालन हुने जिल्लाको उत्तरी चुरेभेगका किसानले अहिले धमाधम बोका बिक्रीका लागि बजारमा ल्याइरहेका छन् ।
बोकासँगै स्थानीय बजारमा राँगाको व्यापार बढेको छ ।
प्रतिक्रिया दिनुहोस्