Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


साग उद्घाटनमा सवारीसाधनमा जोर बिजोर प्रणाली, आज बिजोरको पालो


0
Shares

काठमाडौं, मंसिर १५ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा यातायात व्यवस्थालाई मध्यनजर गर्दै दुई दिन जोर र बिजोर प्रणाली लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई दिन चक्रपथभित्र चल्ने सबै निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेको हो ।

अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने भएकाले आज बिजोर नम्बर प्लेट भएका सवारीसाधन मात्र प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीले मंसिर २४ गते सागको समापनका दिन पनि जोरविजोर प्रणाली लागू गर्ने भएको हो ।

यो नियम अत्यआवश्यक सवारीहरु दमकल, एम्बुलेन्स, पानी बोकेका सवारी लगायतमा भने लागू हुने छैन ।