Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


लामोसाँघु चरिकोट सडक अलपत्र पार्ने ठेकेदार विरुद्ध शंख फुकेर विरोध


0
Shares

दोलखा, मंसिर १४ । दोलखा जोड्ने मुख्य राजमार्ग अरनिको राजमार्गअन्तर्गत लामोसाँघु चरिकोट सडक अलपत्र पारेको भन्दै सदरमुकाम चरिकोटका स्थानीयहरुले शंख फुकेर विरोध जनाएका छन् ।

निर्माण कम्पनीले सडक अलपत्र पारेपछि फरक–फरक तरिकाले दबाब दिदै आएका स्थानीयहरुले आज शंख फुकेर विरोध जनाएका हुन् । निरन्तर खवरदारीको अभियानलाई सामान्य रुपमा नलिन स्थानीय सरकार र प्रशासनलाई नागरिक अगुवा समाजले चेतावनी दिएका छन् ।

४ घण्टा लाग्ने बाटोमा १० घण्टा लाग्ने हुँदा पनि सम्बन्धित निकायले मर्मतका लागि चासो नदेखाएको स्थानीयको आरोप छ । उनीहरुले राजनीतिक दलका नेता तथा सरकारमा रहेको व्यक्तिहरुलाई समेत जिल्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन् ।

दुई चरणमा सडक विस्तार भइरहेको यस सडक निर्माण पहिलो चरणको सिमाञ्चल–गौरीपार्वती–सुनौला खिम्ती जेभीले काम गर्दै आएको छ ।

दोस्रो चरणको मुडेबाट चरिकोटसम्मको ३० किलोमिटरका लागि भारतीय कम्पनी सकिल हैदरसँगको साझेदारीमा शंरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्काको जिम्मा पाएका छन् ।