२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जोगिन्दरको ‘ओम बकम्फुसाय नमः’ चाँडै बजारमा आउँदै


0
Shares

काठमाडौं, साउन ८ । चर्चित हाँस्य कलाकार शिव शँकर रिजाल (जोगिन्दर पानवाला)को २० औं गाईजात्रे कोशेली ‘ओेम बकम्फुसाय नमः’ चाँडै बजारमा आउँदै छ ।
ओ एश आर डिजिटल युटुव च्यानलमार्फत बजारमा आउन लागेको गाईजात्रे कोशेलीमा प्यारोडी गितमार्फत राजनीतिक दलका नेताहरुलाई ब्यङ्ग प्रहार गरिएको छ ।

हुकुम बक्सियोस प्यारोडी गितमार्फत नेताहरुको रमाईलो प्रस्तुति देख्न पाईने उक्त गाईजात्रे प्रस्तुतिमा दमन रुपाखेती, शशीबिक्रम थापा, शिव शंकर रिजाल, घनश्याम गौतम (नक्कली प्रचण्ड), राधिका हमाल, सुरेश तिमल्सिना (नक्कली केपी ओली), सबु लामिछाने , बेदमणि अधिकारी, प्रेम शर्मा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

बि. स. २०६१ सालदेखि हरेक बर्ष निरन्तर गाईजात्रा प्रस्तुति बजारमा ल्याएका शिव शंकर गाईजात्रा हाँस्य कलाकारहरुको महान पर्व भएकोले गाईजात्रामा कार्यक्रम गर्नु हाँस्य कलाकारको धर्म नै हो भन्नुभयो ।

म्युजिक बैँकमा रेकर्ड भएको हुकुम बक्सियोस प्यारोडी गितलाई शिव शंकर रिजाल (जोगिन्दर) र शंकर कार्कीले लेखेका हुन् भने स्वर शशी बिक्रम थापा र राधिका हमालको रहेको छ ।