२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


निषेधाज्ञाका कारण रेडियो पाठशाला कार्यक्रम प्रभावकारी बन्दै, सिकाइ सहजीकरण गर्न सिम वितरण


0
Shares

सर्लाही । कोरोना महामारीका कारण जब विद्यालय बन्द भयो त्यसपछि आफ्नो पढाई कसरी अगाडी बढाउने भन्ने तनावमा रहेका विद्यार्थीलाई रेडियो पाठशालाले सजिलो बनाएको छ ।

यस समयमा विद्यार्थीलाई सहज होस् भनेर सेभ द चिल्ड्रेनको सहयोगमा ग्रामीण नारी उत्थान संघ, हरिपुरले सर्लाहीको ईश्वरपुर र हरिपुर नगपालिकाका विद्यार्थीलाई लक्षित गरेर सामुदायिक रेडियो एकता मार्फत रेडियो पाठशाला संचालन गरेको हो ।

यसरी रेडियो मार्फत पठनपाठन सुरु भएपछि सहज भएको विद्यार्थीले बताएका छन् । हाल कक्षा ३,४ र ५ को अनिवार्य विषयका कक्षा रेडियो मार्फत संचालन भैरहेको छ ।

यसरी संचालन भैरहेको कक्षालाई थप प्रभावकारी बनाउन प्रत्येक हप्ताको आईतबार देखि बिहिबार सम्म संचालन भएको कक्षालाई आधार बनाएर शुक्रबार रेडियो मार्फत हाजिरी जवाफ प्रतियोगिता संचालनमा आएपछि थप प्रभावकारी देखिएको ग्रामीण नारी उत्थान संघ हरिपुरको शिक्षा तर्फ हेर्ने फिल्ड अधिकृत शिव शंकर चौधरी बताउनुहुन्छ ।

कक्षा संचालन सँगै हाजिरी जवाफ संचालन गर्दा विधार्थीको पढाईमा थप प्रगति देखिएको चौधरीको भनाई छ ।

कक्षा संचालनको लागि मात्र संचालन नभएर नतिजा मूलक कक्षा संचालन होस् र सिकाई सहजीकरणमा थप मद्दत पुगोस् भनेर प्रत्येक विद्यालयको ३ देखी ५ कक्षा सम्मका विषयगत शिक्षकको स्कुल पिच्छै अनुगमन तथा मुल्याकंन गर्ने समूह बनाएर अगाडि बडिरहेको ग्रामीण नारी उत्थान संघ हरिपुरका सचिव सूर्य चालिसेले बताउनुभयो ।

यसरी स्कुलमा बनाएको शिक्षकको समुहले आफ्नो स्कुल नजिकका विद्यार्थीले पठनपाठनमा कति समय दिईरहेका छन् हेर्नुका साथै विद्यार्थीले नबुझेका कुरालाई बुझाउने गरेका चालिसेको भनाई छ ।

यस वर्ष विद्यार्थीको सिकाइ सहजीकरणमा कमी नआओस् र सिकाइ भई रहोस् भनेर निषेधाज्ञा सुरु भए देखिनै विभिन्न रेडियो कार्यक्रम मार्फत सहजिकरण गरिराखेको ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालीसे बताउनुहुन्छ ।

स्कुल उमेरका बालबालिकालाई सिकाई कार्यमा सहज होस् र पठनपाठनमा सहजीकरण होस् भनेर कक्षा ३ देखि ५ सम्मका बालबालिकाको अभिभावकको नाममा नेपाल टेलिकमको सहकार्यमा दुई पालिका भरिका इच्छुक बालबालिकाको अभिभावकको नाममा सिम समेत उपलब्ध गराई रहेको संघले जनाएको छ ।

यसरी पाएको सिमबाट विद्यार्थीलाइ रेडियो मार्फत संचालन भैरहेको हाजिरी जवाफमा सहभागिता हुन समेत सजिलो हुने र शिक्षकलाई समेत सिकाई सहजीकरणमा सहज हुने ग्रामीण नारी उत्थान संघ हरिपुरले जनाएको छ ।

विद्यार्थीलाइ चार हजारको हाराहारिमा सिम समेत वितरण गरिसकेको संघले जनाएको छ ।