Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


जसपा विवाद : साउन ११ गते ५१ जनाको सनाखत लिइने आयोगको निर्णय


0
Shares

काठमाडौं, साउन ७ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपणका लागि कार्यकारिणी समितिका ५१ सदस्यलाई नै बोलाएको छ ।

जनता समाजवादी पार्टीको विवाद निरुपणको लागि निर्वाचन आयोगमा गठीत इजलासले तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताका बखत हस्ताक्षर गरेका कार्यकारिणी समितिका ५१ जना सदस्यलाई साउन ११ गते आयोगमा उपस्थित हुन आदेश गरेको हो ।

निर्वाचन आयोगाका प्रवक्ता राम कुमार श्रेष्ठले जनता समाजवादी दल गठन हुँदाका बखत हस्ताक्षर गरेका केन्द्रीय कार्यकारिणी समतिकिा सदस्यहरुलाई नागरिकताको सक्कल प्रति वा मतदाता परिचयपत्रसहित उपस्थित हुन इजलासले आदेश गरेका जानकारी दिनुभयो । तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो ।

तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । यादव पक्षले कार्यकारिणी समितिमा आफ्ना पक्षका ३१ जना सदस्य रहेको दाबी गरेको छ ।