Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधारमा समर्थन वा विरोध गरिन्छ– अध्यक्ष लोहनी


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कुनै दलको पुच्छर नबनी, गुण र दोषको आधारमा संसदमा समर्थन वा विरोध गर्ने जनाएका छन् ।

बुधबार ट्वीट गर्दै अध्यक्ष लोहनीले आफूहरू कुनै दलको पुच्छर भएर नजाने बताउनुभएको हो । ‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्दछ,’ उहाँले लेख्नुभएको छ, ‘तर, राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन ।’

अध्यक्ष लोहनीले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने समयमा राप्रपा तटस्थ बस्नुको नीतिबारे प्रस्ट्याउँदै लेख्नुभयो, ‘यही मान्यताअनुरूप संसदमा विश्वासको मतदान हुँदा राप्रपा तटस्थ रह्यो ।’