काठमाडौं, मंसिर ११ । निरन्तर ‘वियरिष’ ट्रेन्डमा रहँदै आएको सेयरबजार बुधबार भने सकारात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से ८ अंकले सकारात्मक रहेर ११ सय १७ पुग्यो ।
यसदिन कारोबार भएका सबैजसो समूहमा सुधार आएसँगै नेप्से पनि सुधारिएको हो ।
यसदिन जीवनबिमा समूहमा सबैभन्दा उच्च ६० अंकको सुधार आउँदा निर्जीवन बिमा समूह, उत्पादनमूलक, होटल, लघुवित्त, अन्य समूह पनि दोहोरो अंकले उक्लिए ।
यसदिन व्यापार समूहमा भने २६ अंकको गिरावट आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीका सात लाख ३८ हजार कित्ता सेयर २१ करोड २३ लाख रुपैयामा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्