Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


बसको ठक्करबाट एक जनाको मृत्यु


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, साउन १४ । कपिलवस्तुको बुद्धभुमि नगरपालिकामा बसको ठक्करबाट मोटर साईकलमा सवार एक जनाको मृत्यु भएको छ ।

आईतबार राति बुद्धभुमि नगरपालिका–२, गोरुसिंगे बजारस्थित महेन्द्रराजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९११ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको लु३१प ९७०६ नम्बरको मोटर साईकललाई ठक्कर दिँदा गुल्मी मानकोट घर भई हाल बुद्धभुमि नगरपालिका–२ गोरुसिंगेमा सुन पसलमा काम गर्ने २२ वर्षीय सन्दीप सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सुनारलाई उपचारका लागि भैरहवा पठाईएकोमा उपचार कै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भईरेहको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।