
काठमाडौं, साउन ३ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट जम्मा ९ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा १ हजार ८०१ संख्याका संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५५० पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २३४, ललितपुरमा ६४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्