Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपाल–तिब्बत व्यापार मेला सुरु


0
Shares

काठमाडौं, मंसिर ९ । राजधानीमा नेपाल चीन तिब्बत व्यापार मेला सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको मेलाको सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिव वैकुण्ठ अर्याल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल–चीन उद्योग वाणिज्य महासंघका अध्यक्ष त्रिभुवनधर तुलाधरले संयुक्तरुपमा उद्घाटन गरे ।

संघका अध्यक्ष तुलाधरले मेलाको प्रमुख उद्देश्य नेपाल तथा तिब्बतबीचको सदियौं पुरानो आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ मजबुत् बनाउने रहेको बताए ।

बिहीबारसम्म चल्ने मेलामा ५० भन्दा बढी चिनियाँ व्यापारीहरुले खाद्यपदार्थ, पेयपदार्थ, जडीबुटी, साइकल, मेसिनरी, कस्मेटिक आदिका स्टल राखेका छन् ।

तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य संघको सहकार्यमा मेला भएको हो ।

Skip This