
काठमाडौं, मंसिर ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
शाखा अधिकृत गौतमसमेतले ३४ करोड रुपैयाँ बराबर हिनामिना गरेको आरोपमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उनीहरुले विभिन्न अवधिमा गैरकानुनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।
शाखा अधिकृत गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाइ रेमिटबाट आएको फर्जी कारोबार देखाइ विभिन्न बैंकहरुबाट (इलेक्ट्रोलिक चेक क्लियरिङ)मार्फत् भुक्तानी लिने गरेको अख्तियारले जनाएको छ ।
यस्तै, बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आफ्नो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
यसैगरी, सम्झना पोखरेल, सूर्यबहादुर लिम्बु, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्