Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


फ्लाई दुबई एयरलाइन्सका पाइलट मापसेमा परे


0
Shares

काठमाडौं, साउन १४ । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई जान ‘फ्लाई दुबई एयरलाइन्स’ को एउटा जहाज तयारी अवस्थामा छ । करिब एक सय ५४ जना यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन् ।

उक्त जहाज कमाण्ड गरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे । तर उनको हिँडाइ र बोलाइ लरबरिएको र असामान्य थियो ।

विमानस्थलमा काम गर्ने फ्लाई दुबईका नेपाली ग्राउन्ड स्टाफहरुले जहाज कमाण्ड गर्ने क्याप्टेनको अवस्था असामान्य देख्नासाथ विमानस्थल व्यवस्थापनलाई खबर गरी मापसे परीक्षण गर्नुपर्ने भन्दै निवेदन दिन्छन् ।

‘क्याप्टेनले जहाज उडाउनु अघि मदिरा सेवन गरेको अस्पतालबाट पुष्टि हुनासाथ हामीले फ्लाई दुबईको दुबईस्थित मुख्यालयमा घटनाबारे सबै जानकारी गरायौं,’ त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘उताबाट क्याप्टेनलाई जहाज उडाउन नदिनू, हामी अर्को चालक दल र जहाज लिएर आउँछौं भनेपछि त्यो उडान रोक्यौं ।’ – नागरिक दैनिकबाट