२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


रोजर फेडेररले ओलम्पिक नखेल्ने


0
Shares

एजेन्सी । स्विस टेनिस खेलाडी रोजर फेडेररले आसन्न टोकियो ओलम्पिक नखेल्ने भएका छन् ।

घुँडाको शल्यक्रियापछि लगातार स्वास्थ्य समस्या भोगिरहेका फेडेररले अर्को हप्ताबाट जापानमा हुने ओलम्पिक खेल गुमाउने भएका हुन् ।

फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका थिए भने २०१२ को लण्डन ओलम्पिकमा सिंगल्सतर्फ रजत पदक जितेका थिए ।

यसैगरी महिलातर्फ ब्रिटिश खेलाडी योहाना कोन्टाले पनि टोकिया अ‍ोलम्पिक नखेल्ने भएकी छिन् ।

विम्बल्डनपछि गरिएको स्वास्थ्य परिक्षणमा कोन्टालाई कोरोना भाईरसको संक्रमण देखिएपछि उनले ओलम्पिक गुमाउने भएकी हुन् ।