२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


फिनल्यान्डका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह


0
Shares

काठमाडौं, मंसिर ६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलायका सचिव डा. वैकुण्ठ अर्यालले फिनल्यान्डका उद्योगी–व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘डुइङ बिजनेस विथ फिनल्यान्ड’ कार्यक्रममा अर्यालले सन् २०३० सम्म मध्यम आय भएको विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन नेपालले फिनल्यान्डसँग व्यापार, लगानी र पर्यटन प्रवर्द्धनमा जोड दिएको बताए ।

सो अवसरमा फिन पार्टनरसिपका कार्यक्रम निर्देशक बिर्गिट नेभालाले दीगो विकास, खाद्य सुरक्षा, सरकारी शिक्षा, सूचना–प्रविधि, सन्चार आदिका क्षेत्रमा नेपाललाई सहयोग गर्न सकिने एवं व्यवसाय विस्तार गर्न सकिने बताइन् ।

सन् २०१८ मा नेपालको फिनल्यान्डसँगको व्यापार घाटा १७ करोड ९० लाख अमेरिकी डलर बराबर रहेको छ । जसमा आयात १९ करोड ८० लाख अमेरिकी डलर र निर्यात केवल ९ लाख अमेरिकी डलर बराबरमात्र रहेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रको तथ्यांक छ ।