Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


स्याङजामा फरार २० जना प्रतिवादी पक्राउ


0
Shares

स्याङजा, असार २२ । स्याङजामा पछिल्लो दुई हप्तामा २० जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सावरी ज्यान, नाता कायम, करकाप, बैदेशिक रोजगार, जवरजस्ती करणी, लागुऔषध, गाली वेइज्ज्ती लगायतका विभिन्न मुद्धामा विभिन्न समयमा फैसला भइ फरार प्रतिवादीहरु रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अधिकारी अनुसार वि.स. २०७० सालमा जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद तोकिई फरार रहेका अर्जुन चौपारी गाउँपालिका २ बस्ने ७१ वर्षी मन बहादुर रोकाय, सवारी ज्यान मुद्धामा फरार रहेको पुतलीबजार नगरपालिका ६ बस्ने ६५ वर्षीयय मोति प्रसाद गुरुङ रहेका छन् ।

प्रहरी नायव उपरीक्षक राजेन्दप्रसाद अधिकारीका अनुसार पछिल्लो २ हप्ता जिल्लाका विभिन्न स्थान र बाहिर जिल्लाबाट समेत समन्वय गरी २० जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेको सबै जनालाई जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि उपस्थित गराईएको प्रहरीले जानकारी दिएको छ ।