
काठमाडौं । निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद ऐनको आठौं संशोधनको भएको व्यवस्था संशोधन गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।
निर्माण व्यवसायीहरुको छाता संघ नेपाल निर्माण व्यवसायी महासंघले सार्वजानिक खरिद ऐनको आठौं संशोधनको माग गर्दै बुधबार विरोध गरेका हुन् ।
सार्वजनिक खरिद नियमावली संशोधन अनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको भन्दै उनीहरुले म्याद थप र बैक क्रेडिट लाइन लगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्