
सप्तरी । यस वर्ष पनि धान उत्पादनमा १५ प्रतिशतले कमी आउने भएको छ । सप्तरीमा कुल ७० हजार हेक्टर धान खेतीयोग्य जग्गा रहेको छ ।
जसमध्ये कृषकहरुले ६६ हजार हेक्टर जग्गामा धान लगाएपनि समयमा वर्षा नहुँदा र मल अभावका कारणले धान उत्पादनमा १५ प्रतिशतले कमी आएर एक लाख ६० हजार मेट्रिक टन मात्रै धान उत्पादन हुने कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।
सप्तरीमा गत वर्ष ६३ हजार हेक्टर जग्गामा धान बाली लगाउन सकिएको थियो । अघिल्लो वर्षभन्दा १० प्रतिशतले धान उत्पादनमा कमी आएर गत वर्ष एक लाख ८२ हजार ७ सय मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।
सप्तरीमा बहुसंख्यक सर्वसाधारणको जीवन कृषिमै निर्भर रहेपनि सरकारी उदासिनताले आकाशे पानीको भरमा धान बाली लगाउँदा उत्पादन कम हुने गरेको कृषकहरुले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्