
काठमाडौं, मंसिर ३ । मंगलबार पनि सेयरबजार ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १ अंक बढीले ऋणात्मक रही ११ सय २९ कायम भएर थामियो ।
यसदिन आधा समूह रातो रहे भने आधा हरियो रहे । बिमा, वित्त, वाणिज्य बैंक, जलविद्युत् र लघुवित्त समूह ऋणात्मक रहे । बिमा समूह दोहोरो अंकले बढे । होटल, व्यापार, विकास बैंक, अन्य, उत्पादनमूलक र सामूहिक लगानी कोष सकारात्मक रहे । होटल समूहमा ४९ र व्यापार समूहमा २७ अंकको सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १० लाख १६ हजार कित्ता सेयर २६ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्